+
+

फोनेपे र नमस्तेपेबीच क्यूआर भुक्तानी सम्बन्धी सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० असार १३ गते १८:२२

काठमाडौं । नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपे र नेपालको पहिलो सरकारी स्वामित्वको डिजिटल पेमेन्ट वालेट ‘नमस्तेपे’ बीच क्यूआर भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवसकुमार सापकोटा र नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै सबै नमस्तेपे प्रयोगकर्ताहरूले नेपालभरका १२ लाख भन्दा बढी फोनपे मर्चेन्टहरूमा फोनपे नेटवर्क मार्फत छिटो, सुरक्षित र सजिलो रूपमा क्यूआर भुक्तानी गर्न सक्छन् ।

सम्झौता हस्ताक्षरपछि कार्यक्रममा बोल्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले फोनपेको नेटवर्कमा नमस्तेपेलाई आधिकारिक रूपमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।

नमस्तेपे प्रयोगकर्ताहरूले फोनपे क्यूआर मार्फत पनि भुक्तानी गर्न सक्ने उनले बताए । नमस्तेपेसँगको सहकार्यले डिजिटल भुक्तानीलाई नेपालमा प्रवर्द्धन गर्न थप मद्दत पुग्ने उनले बताए ।

नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत पोखरेलले फोनपेसँगको सहकार्यले ग्राहकलाई निर्वाध, सुरक्षित र सुविधाजनक कारोबार र सरल भुक्तानी अनुभव सुनिश्चित गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?