
१३ असार, दाङ। प्रदेशका क्रमागत योजनाहरु कटौती गरेको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटमा प्रदेशका क्रमागत योजनाहरु कटौती गरिएको र निर्देशनालयहरु खारेज गर्ने कुराको विरोध जनाएपछि संसद आधा घण्टाका लागि स्थगित भएको हो।
प्रदेशका सभामुख तुलाराम घर्तीले सरकारसँग आवश्यक छलफल र परामर्शका लागि बैठक स्थगित भएको जानकारी दिए।
नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले सरकारले बजेट व्यतव्य मार्फत प्रदेशका निर्देशनालय खारेज गर्ने कुराको संशोधन गर्नुपर्ने र कटौती गरिएका विगतका क्रमागत योजनाहरु बजेटमा समावेश गर्नुपर्ने भन्दै अडान लिएका थिए।
‘विगतका क्रमागत योनजाहरु कटौती नगर्ने र सम्पूर्ण निर्वाचन क्षेत्रहरुमा कम्तीमा दुई दुई वटा क्रमागतका याेजनाहरु थप गर्ने कुरा सरकारसँग सहमती गरेका थियाे’ उनले भने, ‘तर बजेटमा त्यो कुरा आएन । सरकारले नीति गत सहमती गरेर नीतिगत बेइमानी गर्ने काम गरेको छ ।’ उनले सरकारले आफूहरुले भनेका कुराहरुको लिखित प्रतिवद्धता नगरेसम्म सदन चल्न नदिने चेतावनी दिए ।
प्रतिक्रिया 4