+
+

रवि लामिछाने विरुद्धको रिट निवेदन खारेज

सांसद हुन योग्यता नपुगेको भन्ने दाबी सर्वोच्चद्वारा अस्वीकार

अनलाइनखबर अनलाइनखबर
२०८० असार १३ गते १८:४५

१३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज हुनुपर्ने माग दाबीसहित परेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाइएको रिट निवेदन खारेज गरेको हो । युवराज सफलले लामिछाने दोस्रोपटक समेत सांसद हुन अयोग्य भएको दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउन र सपना प्रधान मल्लको इजलासले दावी नपुग्ने भन्दै रिट निवेदन खारेज गरेको हो ।

उनले अमेरिकी नागरिकता त्यागेको ३ महिना नवित्दै फेरि सांसद बनेकाले पद खारेज हुनुपर्ने दावी गरेका थिए । यति हुँदा पनि रवि लामिछानेको उमेद्वारी रद्ध नगरेको र पछि सांसद पद खारेज नगरेको भनी निर्वाचन आयोगलाई पनि विपक्षी बनाएका थिए ।

पहिलोपटक सांसद पद खारेज भएपछि रवि लामिछानेले जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र लिई फेरि प्रतिस्पर्धा गरेर सांसद भएका थिए ।

अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागेको निस्सा पेश नगरी प्रशासनबाट नागरिकता लिएको भन्दै रिट निवेदनमा त्यसमाथि छानबिन गरेर उनको नागरिकता खारेज गर्न अनि उनलाई पनि सांसद पदबाट मुक्त गर्न माग दाबी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?