+
+

तरुण दलको तदर्थ समितिमा ४०० जना मनोनीत

अनलाइनखबर अनलाइनखबर
२०८० असार १४ गते ८:०३
अध्यक्ष विद्धान गुरुङ ।

१४ असार, काठमाडौं । नेपाली कांग्रेसले नेपाल तरुण दलको जम्बो तदर्थ समिति बनाएको छ ।

गत २०७८ साल चैत ९ गते विद्वान गुरुङलाई तरुण दलको अध्यक्ष तोकेको कांग्रेसले बुधबार सातै प्रदेशबाट सदस्यहरु मनोनयन गरेको हो ।

नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा मनोनयन गरेका ४०० जनाको नामावली सार्वजनिक गरेका छन् ।

पार्टीभित्रको गुट-उपगुट मिलाउँदा तरुण दलको जम्बो तदर्थ समिति बनेको कांग्रेस स्रोतले बतायो ।

आन्तरिक गुटबन्दीका कारण तरुण दलसहित कांग्रेसका भातृ संस्थाहरुले लामो समयदेखि महाधिवेशन गर्न सकेका छैनन् ।

मनोनयन हुनु भएका सदस्यहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?