
काठमाडौं । ‘दर्पणछाया २’ फेम्ड कलाकारहरु सहारा कार्की र फिरोज तिमल्सिना वैवाहिक बन्धनमा बाँधिएका छन् । सोमबार अमेरिकामा परिवार र आफन्तको उपस्थितिमा आयोजित वैवाहिक समारोहमा उनीहरुले लगनगाँठो कसेको जनाइएको छ ।
२०७४ सालमा रिलिज भएको तुलसी घिमिरे निर्देशित उक्त फिल्ममा यी दुई जनाले अभिनय गरेका थिए । त्यतिबेलादेखि नै उनीहरु प्रेम सम्बन्धमा रहेको बताइएको छ । गत साता उनीहरुले इन्गेजमेन्ट गरेका थिए ।
यी दुईले ‘मेरी प्रिया’ र ‘किन’ बोलको म्युजिक भिडियोमा पनि सहकार्य गरेका छन् । ‘दर्पणछाया २’ बक्स अफिसमा असफल भएपछि यी दुई अमेरिका प्रस्थान गरेका थिए । ‘दर्पणछाया २’ मा उनीहरुसँगै अभिनय गरेका अभिनेता पुष्प खड्काले नवविवाहित जोडीलाई बधाई तथा शुभकामना दिएका छन् । उनले सुखद दाम्पत्य जीवनको कामना गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4