+
+

काठमाडौंबाट लाहौर उडे ज्याक मा

अनलाइनखबर अनलाइनखबर
२०८० असार १४ गते १४:३०

१४ असार, काठमाडौं । चिनियाँ धनाढ्य ज्याक मा नेपालबाट फिर्ता भएका छन् ।

उनी चढेर आएको बोइङ जहाज बिहीबार अपरान्ह पाकिस्तानको लाहौर उडेको त्रिभुवन विमानस्थलले जनाएको छ ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सवा ११ मा उनी चढेको जहाज उडेको हो ।

ज्याक मा नेपालमा मंगलबार आएका थिए । नेपाल बसाइका दौरान उनी भक्तपुर दरबार स्क्वायर र स्वयम्भुको भ्रमणमा समेत पुगेका थिए । उनी नेपाल आउनुको कारण भने खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?