
निर्मला लिम्बु फाइल तस्वीर ।
१४ असार, विराटनगर । कोशी प्रदेशसभामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विश्वासको मतसम्बन्धी प्रस्तावमा जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बुले बोल्न अस्वीकार गरेकी छन् ।
बिहीबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतसम्बन्धी प्रस्ताव राखेपछि सभामुख बाबुराम गाैतमले जसपाकाे तर्फबाट साे दलकी एकमात्र प्रदेशसभा सदस्य निर्मला लिम्बुलाई बाेल्ने समय दिएका थिए, तर उनले आफूले नबोल्ने बताइन् ।
उनले बाेल्न नमानेपछि सभामुख गाैतमले नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र राईलाई बाेल्ने समय दिए । जसपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने र प्रतिपक्षमा पनि मतदान नगर्ने भन्दै तटस्थ बस्ने निर्णय गरेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4