+

फिफा वरीयतामा नेपाल एक स्थान तल

२०८० असार  १४ गते १६:४० २०८० असार १४ गते १६:४०
फिफा वरीयतामा नेपाल एक स्थान तल

१४ असार, काठमाडौं । फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वोच्च संस्था फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७५औं स्थानमा झरेको छ । यसअघि नेपाल १७४औं थियो ।

भारतमा जारी साफ च्याम्पियनसिप २०२३ मा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । जहाँ कुवेतसँग ३-१ र भारतसँग २-० ले पराजित भएको नेपालले पाकिस्तानलाई १-० ले हराएको थियो ।

दक्षिण एसियामा सबैभन्दा अघि रहेको भारत १००औं स्थानमा छ । आमन्त्रित टिमको रुपमा साफ खेलिरहेको लेबनान १०२औं स्थानमा झरेको छ भने कुवेत १४१औं स्थानमा उक्लेको छ ।

यस्तै माल्दिभ्स १५४औं स्थानमा यथावत छ । भुटान एक स्थान सुधार गर्दै १८४औं स्थानमा उक्लेको छ ।

साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको बंगलादेश १९२औं स्थानमा यथावत छ ।

पाकिस्तान २०१औं स्थानमा झरेको छ । फिफा निलम्बनमा रहेको श्रीलंका २०७औं स्थानमा छ ।

एसियाली राष्ट्रमध्ये जापान सबैभन्दा माथि २०औं स्थानमा रहँदा इरान २२औं स्थानमा छ । अष्ट्रेलिया २७औं र दक्षिण कोरिया २८औं स्थानमा छ ।

विश्व वरीयतामा विश्व च्याम्पियन अर्जेन्टिना शीर्ष स्थानमा यथावत छ भने फ्रान्स दोस्रो र ब्राजिल तेस्रोमा छन् ।

इंग्ल्याण्ड चौथो स्थानमा उक्लँदा बेल्जियम पाँचौ स्थानमा झरेको छ । क्रोएसिया छैटौं स्थानमा उक्लेको छ भने नेदरल्याण्ड्स सातौं स्थानमा झरेको छ । इटली आठौं, पोर्चुगल नवौँ र स्पेन दशौँ स्थानमा यथावत छन् ।

फिफा वरीयता साफ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय