+
+

नेपाली क्रान्ति सम्पन्न भइसकेको छैन : पूर्वराष्ट्रपति भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०८० असार १४ गते १७:४८

१४ असार, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली क्रान्ति अझै सम्पन्न भइनसकेको बताएकी छन् ।

मदन भण्डारी फाउण्डेसनले काठमाडौंमा गरेको मदन भण्डारीको ७२औं जन्मजयन्ती समारोहमा पूर्वराष्ट्रपति भण्डारीले अहिले राजनीतिक संरचना मात्रै परिवर्तन भएको बताएकी छन् ।

‘राजनीतिक रुपमा केही संरचनागत परिवर्तन भएका छन् । तर नेपाली क्रान्ति सम्पन्न भइसकेको छैन, केबल शुरुवात भएको छ’ पूर्व राष्ट्रपति भण्डारीले भनिन्, ‘यसमा पर्याप्त सुधार, परिवर्तन तथा रुपान्तरणका संभावनाहरु बाँकी नै छन् । हामीले जनताको बीचमा गएर नै ती संभावनाहरुको खोजी गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?