+
+

कमेडी क्लब विथ च्याम्पियन्समा प्रसारित सामग्रीप्रति गन्धर्व सांस्कृतिक कला संगठनको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८० असार १४ गते १८:२९

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियन्स’मा गन्धर्व समुदायमाथि सिर्जना गरिएको पात्रप्रति गन्धर्व सांस्कृतिक कला संगठनले आपत्ति जनाएको छ । संगठनले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रममा सिर्जना गरिएको पात्रले सिंगो गन्धर्व समुदायको आत्मसम्मानमा चोट पुर्‍याएको जनाएको छ ।

‘गन्धर्व पात्रको भूमिका निभाउने कलाकारले गन्धर्व समुदायको मौलिकता, कला, संस्कृति, पेशा र सारंगीको प्रयोग र भाषा अमर्यादित ढंगले प्रस्तुत गरिएको हुँदा उक्त दृश्यमाथि हाम्रो आपत्ति छ,’ संगठनका महासचिव अनिल गन्धर्वद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अतः उक्त कार्यक्रममा प्रस्तुत गरिने गन्धर्व पात्र र सारंगी प्रयोगको प्रसारणलाई तत्काल रोकी सम्पूर्ण शृंखलाबाट सो पात्रको भिडियो हटाई सार्वजनिक रुपमा माफी माग्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौं । त्यसो नगरिएको खण्डमा कानुनी सहायता लिई अघि बढिने कुराको समेत जानकारी गराउँछौं ।’

संगठनका महासचिव गन्धर्वले उक्त शोका धेरैवटा एपिसवठमा गन्धर्व समुदायको आत्मसम्मानमा चोट पुर्‍याउने खालका प्रस्तुति आइरहेको र सचेत गराउँदा पनि अटेर गरेकाले बाध्य भएर सार्वजनिक रुपमा विरोध जनाउनुपरेको बताए ।

पछिल्लोपटक कमेडी क्लब विथ च्याम्पियन्सको ६७ ‌औं भागमा कलाकार पवन भट्टराईले सारंगीवादक पात्रको रुपमा प्रस्तुति दिएका थिए । उक्त कार्यक्रमका प्रस्तोता तथा निर्देशक विशाल भण्डारी हुन् । कार्यक्रम नेपाल टेलिभिजनका साथै ओएसआर डिजिटल युट्युब च्यानलबाट प्रसारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?