+
+

कोशी प्रदेश सभाको बैठक आज बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८० असार १५ गते ७:२४

१५ असार, विराटनगर । कोशी प्रदेश सभाको बैठक आज पुनः बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।

विहीबार दिउँसो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मतका लागि पेस गरेको प्रस्तावमाथिको छलफलपछि बैठक स्थगित भएको थियो ।

सुरुमा आधा घण्टाका लागि बैठक स्थगित गरिए पनि निर्धारित समयमा बैठक बस्न नसकेपछि बेलुका ८ बजेसम्मका लागि स्थगित गरिएको थियो । आठ बजेपछि पनि बैठक बस्न नसकेपछि शुक्रबार बिहान ११ बजे बैठक बस्ने सूचना टाँसिएको थियो ।

नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाड्दै समर्थन पनि फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयास गरिरहेका छन् ।

९३ सदस्यीय कोशी प्रदेश सभामा कार्कीलाई आफ्नो सरकार जोगाउन एक मत पुगेको छैन । अहिलेसम्म उनले नेकपा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेशसभा सदस्यको समर्थन पाएका छन् । कार्कीलाई सरकार जोगाइराख्न ४७ मत आवश्यक छ ।

मुख्यमन्त्री कार्कीले प्रदेश सभा बैठक स्थगित गराएर एक मत जुटाउन प्रयास गरिरहँदा विपक्षी गठबन्धन उनलाई रोक्ने रणनीतिमा छ ।

उनको विपक्षमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३ र नेकपा एकीकृत समाजवादीका ४ गरी ४६ प्रदेशसभा सदस्यहरु छन् । १ मात्र सांसद रहेको जसपा प्रदेश नामकरणको विषयमा तटस्थ बस्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?