
१५ असार, काठमाडौं । विवेकशील साझा पार्टीले नेपालको गौरवमय सांस्कृतिक मानचित्र सार्वजनिक गरेको छ ।
इतिहासलाई आधार बनाएर यो सांस्कृतिक मानचित्र बनाएर सार्वजनिक गरिएको अध्यक्ष समीक्षा बास्कोटाले जानकारी दिइन् ।
उनका अनुसार यो नक्सा राष्ट्रपतिदेखि सबैलाई बुझाउने र राख्न आग्रह गर्ने छ । भारतले अखण्ड भारतको नाममा सांस्कृतिक नक्सा सार्वजनिक गर्दा पनि सरकारले नबोलको भन्दै उनले इतिहासलाई सम्झाउन गौरबमय सांस्कृतिक मानचित्र बनाएको बताइन् ।
हामी कहाँ कहाँसम्म पुगेका थियौं र आज के भयो भन्ने जानकारी गराउन खोजेको भन्दै उनले भनिन्, ‘आजैबाट आन्दोलन गर्ने होइन, भाएको भूगोल जोगाउनुपर्छ भनेर सजग गराउने हो ।’
विवेकशील साझाका उपाध्यक्ष प्रकाशचन्द्र परियारले पपुलिस्ट हुने र हिजो कतिपयले भन्ने ग्रेटर नेपालको चित्रलाई व्याख्या मात्र नगरेको बताए । उनले भने, ‘एउटा राजनीतिक दलले भएको सम्पदाको सम्वर्धन र प्रबर्धनसक्छ भन्ने हो ।’
प्रतिक्रिया 4