+
+

नेपाली युवा पाण्डेले गरे युरोपको सर्वोच्च शिखरको सफल आरोहण

अनलाइनखबर अनलाइनखबर
२०८० असार १५ गते १७:२७

काठमाडौं । नेपाली युवा प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखरको सफलतापूर्वक आरोहण गरेका छन् । २८-२९ जुनमा पाण्डेले रुसमा रहेको एलब्रस हिमालको दुई पटक सफल आरोहण गरेका हुन् ।

सातै महादेशका उच्च हिमशिखरहरुको आरोहण गरी सेभेन समिट पूरा गर्नेमा नयाँ कीर्तिमान कायम गर्ने अभियानमा रहेका पाण्डे २१ जुनमा रुस प्रस्थान गरेका थिए ।

एलब्रस हिमाल युरोपको सबैभन्दा अग्लो चुचुरो हो । रुसको दक्षिणी भेगमा ककेसस हिमश्रृङ्‍खलामा पर्ने यो हिमाल सात महादेशका अग्ला हिमाल मध्येको एक हो । चतुर ट्रेक तथा एक्सपिडिसनले आयोजना गरेको यो अभियानमा पाण्डेको गाइड आरोही चतुर तामाङ रहेका थिए ।

२९ जुन बिहान ९ः०० बजे पाण्डेले एलब्रुस इस्टको पनि सफल आरोहण गरेका थिए । पाण्डेले एलब्रुसको शिखरमा चन्द्र सूर्य अंकित नेपाली झण्डा फहराउनुका साथै, नेपाल स्काउट तथा अन्य संघसंस्थाको झण्डा समेत फहराएका थिए ।

हिमाल आरोहणमा सातै महादेशका उच्च हिमशिखरहरुको आरोहणलाई विशेष मानिन्छ, जसलाई सेभेन समिट भनिन्छ ।

पर्वतारोहणमा रहेका हजारौं आरोही मध्येमा निकै कम आरोहीले मात्रै यो सफलता आत्मसाथ गर्न सकेका छन् । युरोपको हिमाल आरोहण पश्चात यसै अभियान अन्तर्गत अफ्रिकाको तान्जानियामा रहेको किलिमान्जारो हिमाल आरोहणका लागि प्रस्थान गर्ने पाण्डेले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?