+
+

रातामकैको जन्मदिन मनाउन सेलिब्रिटीको घुइँचो (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० असार १५ गते १७:४८

काठमाडौं । असार १५ गते किरण केसी ‘राता मकै’ जन्मदिन मनाउँछन् । यो दिन ललितपुर इमाडोलस्थित इन्द्रेणी ब्यांक्वेटमा राता मकैको जन्मदिन मनाउन कलाकार भेला हुन्छन् । दही चिउरा खाने दिन परेकाले उनको जन्मदिन खास हुने गर्छ । शुक्रबार पनि उनको जन्मदिन विशेष रह्यो ।

जन्मदिन समारोहमा नेपाली फिल्म, टेलिभिजन र संगीत क्षेत्रका दर्जनौं कलाकार र सञ्चारकर्मी इमाडोलको रातामकै चोकनिरको उक्त ब्यांक्वेटमा भेला भए । सबैले उनले जन्मदिनको शुभकामना दिए । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिलीप रायमाझी, धीरेन शाक्य, सन्दीप क्षेत्री, सलोन बस्नेत, शोभित बस्नेत, रमेश उप्रेती, विपिन कार्की लगायतका कलाकार रातमकैलाई बर्थडे विस गर्न पुगेका थिए । त्यस्तै व्यंग्यक कवि शैलेन्द्र सिंखडा, हास्य कलाकार शिवहरि वैरागी, पूर्वमिस नेपाल उषा खड्गी पनि केसीको जन्मदिन समारोहमा पुगेका थिए ।

विवाहपछि पहिलोपटक रेजिना उप्रेती छोरीसहित मिडियामा खुलिन् । उनले छोरीसहित भलाकुसारी पनि गरिन् । राम्रो पात्र र स्क्रिप्ट पाएको खण्डमा फिल्ममा खेल्न आतुर रहेको उनको भनाइ थियो । रातामकैको जन्मदिन कार्यक्रममा आठ जना स्रष्टालाई सम्मान पनि गरियो ।

२०५३ सालमा रिलिज भएको फिल्म ‘नीरमाया’बाट फिल्म करिअर थालेका किरणले ३२ हाराहारीमा फिल्ममा काम गरेका छन् । उनको पछिल्लो फिल्म ‘लक्का जवान’ थियो भने ‘वर एण्ड वधु’ निर्माणाधीन छ । सामाजिक सञ्जालबाट पनि केसीलाई जन्मदिनको शुभकामनाको ओइरो लागिरहेको छ ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?