
इन्स्ट्यान्ट मेसेजिंग एप ह्वाट्सएपले हालै एउटा फिचर ल्याएको छ जसमा ह्वाट्सएपमा पठाइएका टेक्स्ट मेसेजलाई एडिट गर्न सकिन्छ ।
यो फिचरको मद्धतले प्रयोगकर्ताले ह्वाट्सएप मेसेज पठाइसकेपछि पनि त्यसलाई परिवर्तन गर्न सक्दछन् । यद्यपि, यसरी मेसेज पठाएको १५ मिनेटभित्रै त्यसलाई एडिट गर्नुपर्ने भए गरिसक्नु पर्दछ ।
अनि त्यसरी सम्पादित मेसेजसँगै प्रापकको इनबक्समा सम्पादन गरिएको सबै विवरण (एडिटेड लेबल) पनि देखिन्छ । यसबाट प्रापकले आफुलाई पठाइएको मेसेज एडिट गरिएको हो भन्ने त थाहा पाउँछ तर सबैभन्दा सुरुमा पठाएको मेसेज अर्थात् सम्पादन गर्नुअघिको मेसेज के थियो भन्ने चाहीँ हेर्न पाउँदैन ।
ह्वाट्सएपले मेसेज एडिट फिचर जारी गर्दै भनेको थियो कि ह्वाट्सएप मेसेज पठाउँदा कुनै गल्ती भयो वा विचार परिवर्तन भयो भने अब आफूले पठाएको मेसेज परिवर्तन गर्न सक्नेछ ।
ह्वाट्सएपमा पठाएका मेसेज प्रापकले समेत देख्न नपाउने गरी डिलिट गर्ने सुविधा धेरै अगाडि देखि नै उपलब्ध छ । तर मेसेज एडिट गर्ने सुविधाले अब मेसेज पूरै डिलिट गरेर पुनः लेख्नुपर्ने समयको बचत गर्नेछ र गलत मेसेज पठाउँदा हुने गल्तीबाट पनि जोगाउनेछ ।
मेसेज कसरी एडिट गर्ने ?
- आफूले एडिट गर्न चाहेको ह्वाट्सएप मेसेजमा केही बेरसम्म ट्याप गर्नुहोस् ।
- त्यसपछि Edit अप्सनमा जानुहोस् । यसका लागि आइओएसमा message context menu मा जानुपर्छ भने एन्ड्रोइडमा स्क्रिनको माथिल्लो दायाँपट्टिको छेउँमा रहेको तिनवटा थोप्ला भएको मेन्यूमा जानुपर्दछ ।
- त्यसपछि टेक्स्ट फिल्डमा गएर पूरानो मेसेज एडिट गर्ने र नयाँ लेख्नुपर्ने कुराहरु लेख्नुपर्दछ ।
- टेक्स्ट बक्सको छेउँमा गरेको हरियो चेकमार्कमा ट्याप गर्नुहोस् । त्यसपछि तपाइँले एडिट गरेको मेसेज सेभ हुन्छ । यसरी मेसेज एडिट गरिसकेपछि सो सम्पादित मेसेजलाई सिधै पठाउन सकिन्छ ।
- प्रयोगकर्ताले ह्वाट्सएपमा पठाएको १५ मिनेट भित्रमा मात्र मेसेज एडिट गर्न सक्दछन् । यो सुविधा पर्सनल च्याट र ग्रुप च्याट दुबैमा उपलब्ध छ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4