
१५ असार, काठमाडौं। ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव देशभर मनाइएको छ ।
धान रोप्ने अनि मानो खाएर मुरी उब्जाउने यस महिना कृषि कार्यका लागि विशिष्ट महत्वको छ । धान दिवसलाई रोपाइँ दिवस पनि भन्ने गरिन्छ। यसै दिनलाई दही-चिउरा खाने दिनको रूपमा समेत लिइन्छ।
आज असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवसको रुपमा धान रोप्ने चलन छ ।
नुवाकोटको बाहुन बेंसीका किसानहरुले खेतमा रोपाइँ गरेका छन् । रोपाइँमा रोपारहरूले गीत गाएर रमाइलो गरे भने स्कुलबाट आएका बालबालिकाहरुले एकले अर्कामा हिलो छ्यापाछ्याप गरेका थिए ।
रोपाइँमा आएका रोपाहरु कोही नेवारी ड्रेसमा थिए भने कोही साधारण पोशाकमा। क्षणभरमै हिलोको रंगले उनीहरुको अनुहार पोतियो ।
हेर्नुहोस् तस्वीरहरू :
प्रतिक्रिया 4