
१६ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले हरियाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत महानगरका विभिन्न क्षेत्रमा बिरुवा रोपिरहेको छ । तर महानगरपालिकाको वडा नम्बर २८ ले भने बागबजार क्षेत्रमा गमलासहित बिरुवा राखेको छ ।
काठमाडौंको भृकुटी मण्डप, राष्ट्रिय सभागृह रोड, शंकरदेव क्याम्पस रोड, बागबजार क्षेत्र महांकाल भैरव क्षेत्रमा गमलासहित बिरुवा राखेको हो । २८ नम्बर वडाले १ सय ५५ वटा गमला सहित धुपी, समी, कपुर तथा फुलहरुको बिरुवा रोपेको जनाएको छ ।
‘महानगरपालिकाले सूरु गरेको हरियाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत विभिन्न बिरुवाहरु रोपेका छौं, सडक छेउछाउमा भने गमलामा बिरुवा राखेका हौं,’ वडासचिव मोक्षप्रसाद दुलालले बताए ।
दुलालले १० जेठबाट वडा कार्यालय अन्तर्गत गमलासहित र अन्य स्थान गरी ६ सय बिरुवा रोपिसकेको बताएका छन् ।
काठमाडौं महानगरपालिकाले यस अघि हरित विद्यालय अभियान समेत सुरु गरेको थियो । महानगरपालिकाले फुटपाथ मै गमला राख्दा पैदल यात्रूलाई असर गरेको भन्दे केहिले आलोचना समेत गरेका छन् ।
प्रतिक्रिया 4