
मानिसका आ आफ्ना शौख तथा रुचि हुन्छन् जुन पूरा गर्नका लागि मानिसहरु जुनसुकै हदसम्म जानपनि तयार हुन्छन् । शौख पूरा गर्नका लागि पानीमा बगाएजस्तै गरी पैसा खर्च गर्न समेत मान्छेहरु पछि पर्दैनन् । हालै यस्तै एउटा घटना भएको छ चीनमा ।
त्यहाँका मानिसहरुलाई नजिकबाट सुँगुरलाई हेर्ने रहर यति धेरै जागेको छ कि सुँगुरको दर्शनका लागि डेढ लाख रुपैयाँ बराबरको रकम तिर्न पनि तयार भैरहेका छन् ।
मानिसहरु यति धेरै रकम तिरेर यस्ता होटेलका कोठाहरु बुक गराइरहेका छन् जुन कोठाको झ्यालबाट देशको निकै दुर्लभ तथा महत्वपूर्ण मानिने सुँगुरको प्रजातिलाई नजिकबाट देख्न पाइन्छ ।
उक्त प्रजातिको सुँगुरबाटै चीनमा निकै लोकप्रिय तथा परम्परागत परिकार जिन्हुआ ह्याम बनाइन्छ ।
चीनको झेजियांग प्रान्तस्थित थिम पार्कको भवन अनौठो तरिकाले डिजाइन गरिएको छ । सोही थिम पार्कको भवनमा रहेको होटलको कोठाको झ्यालबाट जमिनमा रहेका सुँगुरहरुलाई देख्न सकिन्छ ।
होटलका कोठाका केही तस्वीर पनि चिनिया टिकट भनिने सोसल मिडिया प्लाटर्फम डुइनमा निकै चर्चित बनिरहेका छन् । सो थिमपार्कलाई मानिसहरु जिन्हुआको डिज्नील्याण्ड भनेर चिन्दछन् ।
साउथ चाइना मर्निंग पोष्टमा प्रकाशित समाचार अनुसार यो पार्क सन् २०२१ मा पाण्डा पिग नामक सुँगुरको नश्ल प्रवर्द्धन गर्नका लागि खुलेको थियो । यो प्रजातिको सुँगरको टाउको र पुछरको भाग कालो रंगको हुन्छ । यो नश्ललाई टू एण्ड ब्लाक पिग नाम दिइएको थियो । यो सुँगुरको जात चीनमा कम्तिमा १२ सय वर्षदेखि पालिँदै आएको छ । यसलाई जिन्हुआ ड्राइ क्योर्ड ह्यामको परम्परागत श्रोत पनि मानिन्छ । जसले इटालीको प्रोसियुट्टो डी पर्मा र स्पेनको जामोन इबेरिकोसँग प्रतिस्पर्धा गर्न सक्दछ । इटाली र स्पेनका ती दुबै परिकार पनि सुँगुरको मासुबाटै बन्दछन्।
मार्कोपोलोको सम्बन्ध
चीनमा उक्त सुँगुरबाट बन्ने परिकार संसारभर नै लोकप्रिय छ । रिपोर्ट अनुसार इटालीका व्यापारी, खोजकर्ता तथा राजदूत मार्कोपोलोले १३औँ शताब्दीमा जिन्हुआबाट ड्राइ क्योर्ड ह्यामको गेाप्यता युरोप पुर्याएका थिए । त्यसपछि यो परिकार चीन बाहिर पनि प्रसिद्ध बनेको थियो । कियानजियांग न्यूजले सन् २०१६ मा प्रकाशित गरेको एक रिपोर्ट अनुसार जिन्हुआमा सुँगुरको उक्त नश्लको वार्षिक उत्पादन संख्या ७५ हजार देखि ८० हजारसम्म मात्र रहेको छ । त्यो भनेको उक्त सहरमा रहेका सबैखाले सुँगुरको संख्याको केल ३ देखि ४ प्रतिशत मात्रै हो ।
प्रतिक्रिया 4