+
+

सरकारले स्वास्थ्य बीमा समाप्त पार्दैछ : उपमहासचिव ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०८० असार १६ गते १८:१८

१६ असार, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले स्वास्थ्य बीमा कार्यक्रम समाप्त पार्न खोजेको आरोप लगाएका छन् ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेले श्रमजीवि जनताको उपचारमा सहज हुने गरी ल्याएको सो कार्यक्रम वर्तमान सरकारले समाप्त पार्ने षड्यन्त्र गरेको टिप्पणी गरेका हुन् ।

‘…स्वास्थ्य बीमा गराएर ५ जनाको परिवारले वर्षभरि एक लाख रुपैयाँसम्मको औषधि निःशुल्क पाउने भन्ने कुरा यो स्वास्थ्यको क्षेत्रमा गरिएको ठूलो क्रान्ति थियो । यो क्रान्तिको सुरुवात स्वास्थ्यमन्त्री हुँदा खगराज अधिकारीजीले गर्नुभएको थियो । पछि त्यो कार्यक्रमलाई हामीले देशैभरि अघि बढाएका छौं । तर आजको त्यो कार्यक्रमलाई समाप्त पार्ने कोशिस हुँदैछ’, उपमहासचिव ज्ञवालीले भने ।

उनले ३९६ वटा स्थानीय तहमा एकसाथ आधारभूत अस्पताल खोल्ने एमाले नेतृत्वको सरकारको कामलाई पनि वर्तमान सरकारले बजेट नदिएर अलपत्र पारेको दाबी गरे । सरकार श्रमिकको पक्षमा नभई पूँजीपति वर्गको पक्षमा रहेकाले उसले गरिव जनताको पक्षमा काम गर्न नसक्ने समेत उनले बताए ।

‘हामी नहुँदा श्रमजीवि जनताको पक्षमा गरिएको थुप्रै कार्यक्रमहरु ओझेलमा पारिँदैछ, खोसिदैछन्, निष्प्रभावी पारिदैछन्, बजेट दिइदैछैन’ उपमहासचिव ज्ञवालीले भने, ‘हामीले एकै दिन ३९६ वटा पालिकामा आधारभूत हस्पिटल शिलान्यास ग¥यौं । आज ती हस्पिटलहरु अलपत्र पारिएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?