+

स्क्वासको अध्यक्षमा गुरुङ निर्वाचित

२०८० असार  १६ गते १८:५४ २०८० असार १६ गते १८:५४
स्क्वासको अध्यक्षमा गुरुङ निर्वाचित

१८ असार, काठमाडौं । नेपाल स्क्वास एन्ड र्‍याकेट्स संघको अध्यक्षमा ध्रुबबहादुर गुरुङ निर्वाचित भएका छन् ।

संघको १४ औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनले आगामी चार वर्षका लागि गुरुङलाई अध्यक्षमा निर्वाचित गरेको हो । अध्यक्ष पदका लागि भएको मतदानमा गुरुङले मनोजबहादुर श्रेष्ठलाई हराएका हुन् । अन्य सबै पदाधिकारी र सदस्य निर्विरोध चयन भए ।

उपाध्यक्षमा प्रेम सिंह, सुदीपबहादुर सिंह, दिलिप नरसिंह अधिकारी, जगतसुन्दर सैंजु र रुपकदास ताम्राकार चयन भए भने महासचिवको जिम्मेवारी लोकेन्द्रमान सिं भण्डारीले पाए ।

सैलेश अमात्य कोषाध्यक्ष र महेन्द्र महर्जन सचिवमा निर्विरोध चुनिए । सदस्यमा राजेन्द्र शाक्य, लालबहादुर गुरुङ, अनिल बज्राचार्य, विदुर धमला, रत्न महर्जन, राकेशकुमार गुप्ता, गिन्दिरा श्रेष्ठ र भावना सुनुवार चयन भएका छन् ।

साधारण सभाको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आगामी एसियाडमा राम्रो तयारी गर्न आग्रह रग्दै स्क्वासको प्रशिक्षणका लागि विदेशी प्रशिक्षक ल्याउन पहल गर्ने बताए ।

सो समारोहमा होङजोउ एसियाडमा नेपालको प्रतिनिधित्व गर्ने स्क्वासका छ खेलाडी अरहान्त केशर सिंह, अमृत थापा मगर, अमिर ब्लोन, वृष्णा थापा, विपना ब्लोन र स्वस्थानी श्रेष्ठलाई सम्मान गरिएको थियो ।

खेलकुद स्क्वास
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय