
काठमाडौं । अभिनेता रमेश बुढाथोकी अब वेब सिरिजमा व्यस्त हुन थालेका छन् । उनको शीर्ष भूमिका रहेको सिरिज ‘रणा भो’को छायांकन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । भद्रकाली मन्दिरमा शुभसाइतसँगै छायांकन थालिएको हो ।
मुभी पोइन्टको प्रस्तुति र ज्ञारा इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने सिरिजलाई रामजी राउत र ज्ञानकुमार कट्टेलले मिलेर निर्देशन गर्दैछन् ।
सिरिजमा बुढाथोकीसहित मुकुन्द मैनाली, सपना श्रेष्ठ, सुमिन गुरुङ, प्रीतिका शर्मा, ज्ञानकुमार कट्टेल, रामजी राउत, सपेन्द धिताल, शंकर राज पहाडी, आर्यन राउत, उत्सव केसी, सुस्मिता मुडभरी, मनिषा कार्की, विवेक सिलवाल, दिनेश कार्की र बाल कलाकार एलेक्स खड्काको अभिनय हुनेछ ।
निर्देशक राउत र कट्टेलको लेखन रहने सिरिजमा दीपेन्द्र हमालको मेकअप, श्याम केसीको प्रोडक्सन, दिनेश कार्कीको सहायक निर्देशन, शृंखला निर्देशन कुलदीप शर्मा, भीएफएक्स सत्यम राणा, कलर राजेन्द्र मोक्तान, व्यागराउण्ड म्युजिक प्रमोद परियार, द्धन्द्व निर्देशक देव महर्जन, छायांकन लक्ष्मण घिमिरे तथा बन्दे प्रसादले सम्पादनको जिम्मेवारी सम्हाल्नेछन् ।
बुढाथोकी अभिनित पछिल्ला फिल्म ‘बुलाकी’ र ‘छक्कापञ्जा ४’ थिए । उनको महत्वपूर्ण रहेका फिल्महरु नीरमाया र एउटा मान्छेको माया प्रदर्शनको तयारीमा छन् भने ‘वर एण्ड वधु’ निर्माणाधीन अवस्थामा छ । २०४५ सालमा निर्माण भएको फिल्म ‘पच्चीस वसन्त’बाट बुढाथोकीले अभिनय करिअर थालेका थिए ।
प्रतिक्रिया 4