+
+

बिग मार्टमा स्मार्ट क्यूआरमार्फत् भुक्तानी गर्दा १० प्रतिशत छुट

अनलाइनखबर अनलाइनखबर
२०८० असार १७ गते १४:४८

काठमाडौं । बिग मार्टमा सामान खरिद गरेबापतको भुक्तानी स्मार्ट क्यूआरमार्फत गर्ने ग्राहकले १० प्रतिशत छुट पाउने भएका छन् ।

बिग मार्टको चौधौं वार्षिकोत्सवको अवसरमा स्मार्ट क्यूआर र बिग मार्टबीच छुट अफरसम्बन्धी सम्झौता गरेको हो ।

सम्झौता अनुसार बिगमार्टमा कुनै पनि सामान खरिद गरेबापतको भुक्तानी स्मार्ट क्यूआर मार्फत् गर्ने ग्राहकले १० प्रतिशत अधिकतम १५० रुपैयाँसम्म अतिरिक्त छुट प्राप्त गर्ने छन् ।

यो योजना १६ असारदेखि १५ साउन २०८० सम्म लागू हुनेछ भने छुट अवधिभर हरेक ग्राहकले ५०० रुपैयाँसम्म छुट लिन सक्ने छन् ।

स्मार्ट क्यूआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले बिग मार्टको सम्पूर्ण शाखाहरुमा क्यूआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्ने छन् ।

यस अफर अन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एनआईसी एशिया मोबाइक बैंक, आईएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक, एभरेष्ट बैंक, कामना सेवा विकास बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आई क्यास, पेवेल, यान क्यास साथै विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?