
१६ असार, काठमाडौं । पत्रकार तथा लेखक भानु बोखिमको उपन्यास गोधूलि गीत सार्वजनिक भएको छ ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार श्यामल र नविन विभास तथा प्रकाशक नरेन्द्रकुमार नगरकोटीले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन् ।
जनयुद्धको उद्गम थलो रोल्पालाई आधार बनाएर लेखिएको पुस्तक जनयुद्धको विषयवस्तुमा केन्द्रीत छ ।
पुस्तक लोकार्पण गरेपछि साहित्यकार लेखकले सरल रुपमा जनयुद्धको प्रभाव पुस्तकमा उतारेको बताए । ‘माओवादीको आन्दोलनलाई हेर्ने फरक फरक दृष्टिकोण छन्,’ श्यामलले भने, ‘यो पुस्तक पढेपछि माओवादी आन्दोलनलाई सामान्य मान्छेले पनि सरल भाषामा बुझ्छन् ।’
साहित्यकार नवीन विभाषले लेखकले जनयुद्धको विषयवस्तुलाई फरक कोणबाट प्रस्तुत गरेको बताए । उनले परिवर्तनका लागि युद्धमा सामेल भएका इमान्दार मान्छेहरुलाई परेको असर र उनीहरुको जीवन बुझ्न पुस्तक उपयोगी हुने बताए ।
लोकार्पणपछि पत्रकार दीपक सापकोटाले गरेको संवादमा लेखख बोखिमले युद्धको प्रभाव सबैमा परेको भन्दै त्यसै मध्येको एउटा प्रभावलाई आधार मानेर आफूले पुस्तक तयार पारेको बताए ।
कलम प्रकाशनले निकालेको यो पुस्तक लेखक बोखिमको दोस्रो कृति हो । यसअघि २०७४ सालमा उनले रुमानी साँझ कथा संग्रह ल्याएका थिए ।
प्रतिक्रिया 4