+
+

असार २१ मा कांग्रेस जिल्ला सभापतिहरुको भेला डाकियो

अनलाइनखबर अनलाइनखबर
२०८० असार १७ गते १८:०१

१७ असार, काठमाडौं । नेपाली कांग्रेसले जिल्ला सभापतिको भेला डाकेको छ । असार २१ गतेका लागि जिल्ला सभापतिहरुको भेला डाकिएको कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।

‘नयाँ सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरणका लागि अन्तक्रिया÷छलफल गर्न भेला डाकिएको हो,’ कार्यवाहक मुख्य सचिव पराजुलीले जानकारी दिए ।

भेला केन्द्रीय कार्यालय सानेपामा हुने छ ।

कांग्रेसले सदस्यता वितरण प्रक्रिया सुरु गरेको छ । विगतमा महाधिवेशन नजिक वितरण र नवीकरण हुने हुँदै आएको थियो ।

यसपटकदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तल्लो तहलाई परिपत्र गरेर सदस्यता वितरण गर्न निर्देशन दिइसकेका छन् ।

गत सातादेखि अनलाइनबाट सदस्यता लिन सकिने व्यवस्था गरिएको छ । साथै, वडा तहले क्रियाशील सदस्यता नवीकरणको कार्य जारी राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?