+

रोमाञ्चक टेष्टमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई हरायो

२०८० असार  १७ गते २१:४५ २०८० असार १७ गते २१:४५
रोमाञ्चक टेष्टमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई हरायो

काठमाडौं । लड्समा भएको एशेज सिरिजको दोस्रो टेष्टमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई ४३ रनले हराएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले पहिलो पारीमा स्टिभ स्मिथको शतक (११०) को मदतमा ४१६ रन बनाएको थियो भने जवाफमा इंग्ल्याण्ड ३२५ रनमा समेटिएको थियो ।

दोस्रो पारीमा अष्ट्रेलियाले २७९ रन बनाएपछि घरेलु टोलीले जितका लागि ३७१ रनको लक्ष्य पायो । आइतबार ४ विकेटको क्षतिमा बनाएको ११४ रनबाट पाँचौं तथा अन्तिम दिनका खेल थाल्दा इंल्याण्डका लागि बेन डुटेक ५० र कप्तान बेन स्टोक २९ रनमा क्रिजमा थिए ।

डुकेट ८३ र जोनी बेयरस्टो १० रन बनाएर आउट भए । तर कप्तान बेन स्टोकले स्टुअर्ड ब्राडसँग मिलेर टिमको स्कोर ३०० रन पुर्‍याएपछि इंल्याण्डलाई जित टाढा देखिएको थिएन ।

७३औं ओभरको पहिलो बलमा ह्याजलउडले स्टोकको विकेट लिएपछि भने खेल अष्ट्रेलियाको पक्षमा गयो । इंल्याण्डले थप २६ रन जोड्दा बाँकी ३ विकेट गुमायो र अष्ट्रेलियाले रोमाञचक जित हात पार्‍यो ।

यो जितसँगै पाँच म्याचको एशेज सिरिजमा भ्रमणकारी टोली २–० ले अगाडि भएको छ ।

 

एशेज सिरिज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय