+

नेपालले दियो सिंगापुरलाई १८५ रनको लक्ष्य

२०८० असार  १८ गते १०:०४ २०८० असार १८ गते १०:०४
नेपालले दियो सिंगापुरलाई १८५ रनको लक्ष्य

१८ असार, काठमाडौं । मलेसियमा चलिरहेको एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपालले सिंगापुरलाई जितका लागि १८५ रनको लक्ष्य दिएको छ ।

बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको हो ।

नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए ।

कोइरालाले ४३ रन बनाए भने निरजकुमार यादव चौथो विकेटका रुपमा ४२ रनमा आउट भए । कप्तान अभिषेक तिवारी २५ रनमा आउट भए ।

यू-१६ क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय