+
+

रास्वपाले गठन गर्‍यो सामाजिक कार्यमा खटिने द्रुत कार्य टोली

अनलाइनखबर अनलाइनखबर
२०८० असार १८ गते १२:०८

१८ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उद्धार र राहतमा खट्ने गरि द्रुत कार्यटोली (र्‍यापिड एक्सस टीम, आरएटी) गठन गरेको छ ।

सामाजिक कार्यमा खट्नका उद्देश्यले लागि गठन गरिएको समिति प्रदीप तिमिल्सिना (साजन शर्मा)को नेतृत्वमा बनाइएको छ । उक्त समिति केन्द्रीय आरएटी विभागको मातहतमा हुने रास्वपाले जनाएको छ । केन्द्रीय समिति १२ जनाको बनाइएको छ । उक्त संख्या बढाएर ३३ जनासम्म पुर्‍याउन सकिने रास्वपाले जनाएको छ ।

आरएटी संरचना वडादेखि केन्द्रसम्म हुने रास्वपाले जनाएको छ । आरएटी गठन गर्दा मातहतका संरचनाले केन्द्रीय विभागको अनिवार्य अनुमति लिनुपर्नेछ । उक्त विभागको प्रमुखमा केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठ (विष्णु पुरूष) छन् ।

उद्धारका लागि खटिने द्रुत टोलीको समिति ७ देखि ३३ जनासम्मको हुने महामन्त्री मुकुल ढकालले जानकारी दिए । विशुद्ध सामाजिक कार्यमा संलग्न गराउनका लागि पार्टीले आरएटी बनाएको ढकालले जानकारी दिए ।

रास्वपाले पार्टीको भ्रातृ संस्था गठन नगर्ने स्पष्ट पारिसकेको छ । आरटी विशुद्ध सामाजिक कार्यमा खटिने टोली भएकाले भ्रातृ संंस्थाको रुपमा बुझ्न नहुने महामन्त्री ढकाल बताउँछन् ।

दैवि प्रकोपमा परेका नागरिकलाई शीघ्र उद्धार गर्न लागि आएटी परिचालन हुने भएको छ । ‘आपत विपतमा परेका जनतालाई उद्धार गर्ने, आवश्यक सहयोग पुर्‍याउने कामका लागि हामी खटिन्छौं,’ केन्द्रीय आएटीका संयोजक साजन शर्माले भने, ‘प्रशासनसँग समन्वय गरेर नागरिकलाई सेवा दिने हाम्रो काम हो ।’

केन्द्रीय आरएटी

संयोजकः प्रदिप तिमल्सेना (साजन शर्मा)
उप–संयोजकः प्रेम थापा
सचिवः फणिन्द्र पौडेल
कोषाध्यक्षः कृष्णबहादुर थापा

सदस्यहरूः
राम कृष्ण श्रेष्ठ
महमद हुसेन खान(मुन्ना)
चिरञ्जिवी तिमल्सिना
रवि भुजेल
शेरबहादुर सिंह
सुरज खड्का
दिपा केसी बास्तोला
मिलनचन्द्र महत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?