+
+

एनआईसी एशिया बैंकका ग्राहकलाई ‘लेट मि इन’मा १० प्रतिशतसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०८० असार १८ गते १६:५५

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंस्थित नयाँ बानेश्वर र महाराजगञ्जमा सञ्चालित कोरियन स्किन हस्पिटल ‘लेट मि इन’ले प्रवाह गर्ने सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

छुट सम्बन्धी समझदारी पत्रमा बैंकको तर्फबाट डिजिटल पेमेन्ट इकोसिष्टम प्रमुख विमल लम्साल र हस्पिटलको तर्फबाट निर्देशक मा दोङ सुले हस्ताक्षर गरे ।

सम्झौताअनुसार एनआईसी एशिया बैंकका मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोगकता ग्राहकले फाइदा लिन सक्ने विश्वास बैंकको छ ।

हस्पिटलले प्रवाह गर्ने सबै प्रकारका फेसियल र उपचारमा यो छुट उपलब्ध हुने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?