
माइक्रोसफ्ट कम्पनीका संस्थापक अर्बपति बिल गेट्सको एक निजी कम्पनीका विषयमा अनौठो तथ्य बाहिरिएको छ ।
गेट्सको निजी स्वामित्वको कम्पनी गेट्स भेन्चरको कार्यालयमा जागिरका लागि अन्तरवार्ता दिन गएकी एक महिलाले आफूलाई अन्तरवार्ताका क्रममा सोधिएका आपत्तिजनक तथा अनौठा खालका प्रश्नहरुको बारेमा खुलासा गरेकी छिन् ।
वालस्ट्रिट जर्नलसँगको कुराकानीमा ती महिला उम्मेदवारले अन्तरवार्ताका क्रममा आफूसँग यौन क्रियाकलाप सँग सम्बन्धित प्रश्नसमेत सोधिएको दाबी गरेकी छिन् ।
आफूसँग आफ्नो पोनोग्राफी हेर्ने आनीबानीदेखि विवाहेत्तर सम्बन्ध, यौन सम्पर्कको इतिहासलगायतका विभिन्न खाले असहज र आपत्तिजनक प्रश्नहरु सोधिएको उनले बताएकी छिन् ।
साथै उनलाई के तपाईंको फोनमा कुनै नांगा तस्वीरहरु पनि छन् ? भनेर प्रश्न गरिएको थियो ।
पैसा लिएर नाच्नेलगायतका काम हालसम्म गरे नगरेको विषयमा पनि अन्तरवार्ताकारले प्रश्न गरेको उनको दाबी छ ।
त्यस्तै अन्तरवार्ता दिन गएकी एकजना महिलासँग उनी यौन संक्रामक रोग भएका व्यक्तिसँग सम्पर्कमा आए नआएको बारेमा सोधिएको थियो ।
तर गेट्स भेन्चर कम्पनीका प्रतिनिधिले भने महिला उम्मेदवारहरुलाई त्यस्ता खालका प्रश्नहरु अन्तरवार्ताका क्रममा सोधिएको विषयमा आफूलाई कुनै जानकारी नरहेको बताएका छन् ।
साथै तेस्रो पक्ष करारकर्ताद्वारा सोधिएका प्रश्नहरुको विषयमा चाहिं कम्पनीलाई जानकारी नहुने पनि उनको भनाइ छ ।
उता बिल गेट्सका प्रवक्ताले भने महिला उम्मेदवार माथि यौनिक तथा व्यक्तिगत आनीबानीसँग सम्बन्धित प्रश्नहरु सोधिएको आरोपको खण्डन गरेका छन् ।
उनका अनुसार यस्ता खालका प्रश्न सोध्ने कुरा गेट्स भेन्चर कम्पनीको नियमविपरीत हो ।
स्मरण रहोस् Concentric Advisors नामक सेक्योरिटी कन्सल्टिंग कम्पनीले हाल गेट्स भेन्चरका लागि कर्मचारी छनोटको काम गरिरहेको छ ।
प्रतिक्रिया 4