+
+

अधिकतम ७५० रुपैयाँसम्म घट्यो हवाई भाडा (कुन रूटमा कति ?)

अनलाइनखबर अनलाइनखबर
२०८० असार १९ गते १९:४०

१९ असार, काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनमा गरेको कटौतीसँगै हवाई भाडा घटेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म हवाई भाडा कटौती भएको हो । घटेको हवाई भाडा मंगलबारदेखि कार्यान्वयन हुनेछ ।

नेपाल आयल निगमले सोमबार हवाई इन्धनको मूल्यमा प्रतिलिटर १४ रुपैयाँ कटौती गरेको थियो । १५० रुपैयाँ प्रतिलिटर रहेको हवाई इन्धनको मूल्य अहिले १३६ रुपैयाँ प्रतिलिटर कायम भएको छ । यो ९.३ प्रतिशत कटौती हो ।

प्राधिकरणका अनुसार नेपालको अहिलेको लामो रुट (१००.९ मिनेट) विराटनगर–नेपालगञ्जका लागि प्रतिटिकट ७५० रुपैयाँ इन्धनको मूल्य कम भएको छ ।

काठमाडौंबाट लामो रुट (८९.०९ मिनेट) धनगढीका लागि ६१५ रुपैयाँ भाडा कम भएको छ ।

काठमाडौंंबाट माउन्टेन फ्लाइट ४८५, भद्रपुर ४२०, विराटनगर ३३५, जनकपुर १८०, भरतपुर १५०, पोखरा २२५, भैरहवा २८५, नेपालगञ्ज ४५५, तुम्लिङटार२६०९ र सिमराका लागि १२५ रुपैयाँ कम भएको छ ।

प्राधिकरणका अनुसार स्टल रूटतर्फ प्रतिसिट प्रतिमिनेट ५१.६८ रुपैयाँ र ट्रंकतर्फ प्रतिसिट प्रतिमिनेट ७२.३४ रूपैयाँका दरले इन्धनको मूल्य राख्ने गरिएको छ ।

हेर्नुहोस् भाडा सूचीः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?