+

नेपालले आयरल्याण्डलाई दियो २६९ रनको लक्ष्य

२०८० असार  १९ गते १६:४० २०८० असार १९ गते १६:४०
नेपालले आयरल्याण्डलाई दियो २६९ रनको लक्ष्य

१९ असार, काठमाडौं । आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भएको खेलमा नेपालले आयरल्याण्डलाई २६९ रनको लक्ष्य दिएको छ ।

हरारेकोे ताकाशिङगा स्पोर्ट्स क्लबमा टस हारेको नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६८ रन बनाएको हो ।

नेपाललाई सम्मानजनक स्थितिमा पुर्‍याउन आठौं विकेटका लागि सन्दीप लामिछाने र गुल्सन झाले ८० रनको साझेदारी गरे ।

झाले सर्वाधिक ५७ रनको अविजित अर्धशतकीय पारी खेले । उनले ४१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । यससँगै उनले एकदिवसीय अन्तर्राष्ट्रियमा तेस्रो अर्धशतक पूरा गरेका हुन् ।

सन्दीप लामिछानेले ३० बलमा ३ चौका र १ छक्कासहित ३२ रन बनाए ।

ओपनर ब्याटर अर्जुन साउदले ४८ रन बनाए । उनले ८४ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरेका हुन् ।

अर्का ओपनर कुशल भुर्तेल क्रेग योङ्गको बलमा विकेटकिपरको हातबाट क्याच आउट भए ।

ज्ञानेन्द्र मल्ल ७ रन क्याच भए । त्यसपछि आएका कप्तान रोहित पौडेलले ३५ बल खेल्दै २ चौका र १ छक्का सहित २९ रन जोड्दै विकेटकिपरको हातबाट क्याच भए ।

भीम सार्कीले २०, कुशल मल्लले ३ बल खेल्दै ५ चौका र २ छक्का सहित ४४ रन जोडे ।

कुशल मल्ल

सातौं स्थानको सेमिफाइनल खेलमा उत्कृष्ट ब्याटिङ गरेका दिपेन्द्र सिंह ऐरी खाता नै नखोली एन्डी म्याकब्राइनको बलमा एलबीडब्ल्यू आउट भए ।

करण केसी ३ बलमा १ चौका सहित ४ रनमै क्याच आउट भए ।

अन्तिम ब्याटरको रुपमा आएका किशोर महतो १ रनमा अविजित रहे ।

आयरल्याण्डका लागि ब्यारी म्याकार्थी, क्रेग गोङ्गे, मार्क एडरले समान २/२ विकेट लिए । ग्रेथ डिलाने, एन्डी म्याकब्राइन, कार्टिस क्याम्फरले १/१ विकेट लिए ।

कुशल मल्ल नेपाल भर्सेस आयरल्याण्ड विश्वकप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय