
१९ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले बजार अनुगमन सुरू गरेको छ । खाद्यान्न लक्षित अनुगमन बढाउने उदेश्यसहित मंगलरबारदेखि सुरु गरिएको बजार अनुगमनमा एक पसल कारबाहीमा परेको छ ।
महानगरका मेयर बालेन्द्र शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंकाअनुसार मंगलबार गरिएको बजार अनुगमनमा हिमालयन कफी पसल कारबाहीमा परेको हो ।
महानगरले बत्तिसपुतलीमा रहेको हिमालयन कफी हाउसको अनुगमन गरेको थियो । अनुगमन क्रममा कफी सपमा उपभोग्य मिति नभएको केकजन्य वस्तु बरामद भएको महानगरपालिकाले जनाएको छ ।
उत्पादन र उपभोग्य म्याद नभएको उक्त वस्तु जफत गर्दै महानगरले कफी पसललाई १० हजार रुपैयाँ जरिवाना गरेको छ । यस्तै, पसलमा सरसफाई राख्न र गुणस्तरीय वस्तु मात्रै बिक्रि वितरण गर्न महानगरले पसललाई सचेत गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4