+

स्कटल्याण्डसँग पराजित हुँदै जिम्बाव्वे विश्वकपमा छनोट हुन सकेन

२०८० असार  १९ गते २०:१९ २०८० असार १९ गते २०:१९
स्कटल्याण्डसँग पराजित हुँदै जिम्बाव्वे विश्वकपमा छनोट हुन सकेन

१९ असार, काठमाडौं । स्कटल्याण्डसँग पराजित हुँदै जिम्बाव्वे अक्टोबर-नोभेम्बरमा भारतमा हुने विश्वकप क्रिकेटमा छनोट हुन असफल भएको छ ।

सन् १९८३ देखि विश्वकप खेल्दै आएको जिम्बाव्वे लगातार २ वटा विश्वकपमा छनोट हुन असफल भएको हो ।

जिम्बाव्वे यो विश्वकप गुमाउने तेस्रो टेष्ट राष्ट हो । वेष्ड इण्डिज र आयरल्याण्ड यसअघि नै विश्वकपबाट बाहिरिसकेका छन् । श्रीलंका भने विश्वकपमा छनोट भइसकेको छ ।

यो जितपछि स्कटल्याण्डको विश्वकपमा छनोट हुने संभावना बलियो भएको छ । स्कटल्याण्डको र जिम्बाव्वेको समान ६ अंक छ तर रन रेटमा स्कटल्याण्ड अघि छ ।

स्कटल्याण्डले अब नेदरल्याण्ड्स सँग खेल्न बाँकी छ । यो खेलमा फराकिलो अन्तरको जित हात पारेमा भने स्कटल्याण्डको सट्टा नेदरल्याण्ड्स विश्वकपमा छानिने छ । नेदरल्याण्ड्सको ४ अंक छ ।

भारतमा हुने विश्वकपमा छनोट हुन जित्नै पर्ने खेलमा जिम्बाव्वे स्कटल्याण्डसँग ३१ रनले पराजित भयो । जितका लागि २३५ रनको सामान्य लक्ष्य पछ्याएको घरेलु  टोली ४१.१ ओभरमा २०३ रन बनाउँदै अल आउट भयो ।

जिम्बाव्वेका लागि रायन बर्लले ८३ रनको शानदार पारी खेले पनि टिमलाई जिताउन असफल भए । सुरुवाती क्रममा ब्याटरलाई सस्तैमा गुमाएपछि जिम्बाव्वे दबाबमा परेको थियो ।

बर्लले सिकन्दर राजासँग पाँचौ विकेटका लागि ५४ र छैटौं विकेटका लागि वेस्ली मदभेरासँग ७३ रनको साझेदारी गरेका थिए ।

स्कटल्याण्डका क्रिश शोलेले ३ विकेट लिए ।

पहिला ब्याटिङ्ग गरेको स्कटल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै २३४ रन बनाएको थियो । उसका लागि माइकल लिस्कले ४८ रन बनाए ।

 

 

विश्वकप छनोट क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय