+
+

शहरलाई व्यवस्थित बनाउन नसक्नुको कारण फोहोर व्यवस्थापन हो : शहरी विकासमन्त्री गुरूङ

अनलाइनखबर अनलाइनखबर
२०८० असार २० गते १६:३३

२० असार, काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले शहरलाई व्यवस्थित बनाउन नसक्नुको प्रमुख कारण फोहोर व्यवस्थापन रहेको बताएकी छिन् ।

बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले शहर व्यवस्थित बनाउन सबैभन्दा ठूलो समस्या फोहोर व्यवस्थापन भएको बताएकी हुन् । उनले शहर व्यवस्थित बनाउन नागरिकहरु आफैँ सचेत बन्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘शहर एकदमै राम्रो होस् जहाँ तपाईहरुले परिकल्पना गरेको भन्दा पनि आहा भन्ने शहर होस् भनेर लागेको छ । तर त्यो शहरलाई व्यवस्थित बनाउन सबैभन्दा ठूलो समस्या फोहोर व्यवस्थापनको भइरहेको छ ।’

उनले स्थानीय तहसँग समन्वयकारी भूमिका निर्वाह हुन नसक्दा पनि शहर व्यवस्थापन चुनौती बनिरहेको बताइन् । ‘हामी सबै जना कुरा गर्दा सहजै गर्छौं । हामी विदेश जाँदा यहीँ देखि टिस्यु पेपर किनेर, फोहोर भएपछि राख्छौँ तर नेपालमा एयरपोर्टमा आउनेबित्तिकै फालेर हिँड्न थाल्छौँ,’ उनले भनिन्, ‘यसमा नागरिक नै हामी सचेत हुनुपर्छ । स्थानीय तहसँग समन्वयकारी भूमिका निर्वाह हुन सकेको छैन ।’

मन्त्री गुरुङले उद्देश्य र थालनीको तादम्यता नमिल्दा विकास निर्माणका काम पूरा हुन नसकेको बताइन् । उनले अन्तरमन्त्रालयबीचको समन्वय प्रभावकारी बन्न नसकेको स्वीकार गरिन् ।

बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठका सहभागीहरु । तस्वीर : रत्न श्रेष्ठ/रासस

उनले भनिन्, ‘ ‘हामी सबैको समस्या एउटा उद्देश्य अर्को थालनीको परम्परा छ, यसको अन्त्य गर्न नसके पूर्वाधर निर्माण गर्न सकिँदैन । भौतिक, खानेपानी, शहरी विकास, भूमि व्यवस्थापनलगायतका विभिन्न मन्त्रालयसँग सम्बन्धित हुन्छ, एकले अर्को मन्त्रालयसँग समन्वय गर्न नसक्दा विकास निर्माणका काम हुन सकेका छैनन् ।’

अन्तरमन्त्रालय र अन्तर विभागबीचको समन्वय पारस्परिक बन्न नसक्दा विकास निर्माणले गति लिन नसकेको उनको भनाइ छ ।

‘काम गर्ने कुरामा एकले अर्को मन्त्रालय र विभागसँगको समन्वय, सहयोग पारस्पारिक छैन । यसमा सुधार गरेर जानुपर्छ । यी मन्त्रालय र विभागमा तत्काल समस्याको समाधान गर्ने संयन्त्र अवधारणा बनाउनुपर्छ ।’ उनले भनिन् ।

मन्त्री गुरुङले अन्तरमन्त्रालय समन्वयका लागि तत्काल समस्या समाधान गर्ने संयन्त्र बनाउन जरुरी रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?