+
+

हातले टेकेर ७५ वटा सिँढी ओर्लिँदै हरिले बनाए कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०८० असार २० गते १६:३४

२० असार, काठमाडौं । नेपाली सेनाको खेलकुद केन्द्रमा कार्यरत हरिचन्द्र गिरीले हातले टेकेर सबैभन्दा छिटो सिँढी ओर्लने कीर्तिमान बनाएका छन् ।

उनले काठमाडौंको बूढानीलकण्ठमा रहेको जाम्चेन विजय स्तुपाका ७५ वटा सिंढी २५.०३ सेकेन्डमा ओर्लिएका थिए ।

बल र सन्तुलनको प्रयोग गरेर उनले असाधारण उपलब्धी हासिल गरेको गिनिज वर्ल्ड रेकर्डसले जनाएको छ ।  उसका अनुसार यसअघि अमेरिकाका मार्क केनीले ३०.८ सेकेन्डमा बनाएको कीर्तिमान गिरीले तोडेका हुन् ।

उनले गत जेठमा नै यो कीर्तिमान बनाएको भए पनि गिनिज वर्ल्ड रेकर्ड्सले त्यसलाई आज सार्वजनिक गरेको हो ।

खुट्टा माथि गरेर मात्र हात टेकेर उच्च गतिमा सिँढी ओर्लनु अत्यन्त खतरनाक र गाह्रो रहे पनि हरिले अभ्यासबाट यसलाई सहजै पूरा गरेका गिनिज वर्ल्ड रेकर्डसले जनाएको छ ।

गिरीले आठ वर्षको उमेरदेखि नै हातले टेकेर हिँड्ने अभ्यास गर्दै आएका थिए ।

उनले दर्ता गरेको यो चौथो विश्व कीर्तिमान हो । यसअघि उनले हातले टेकेर ५० वटा सिँढी ओर्लने, खुट्टाको बीचमा बल च्यापेर हातले मात्र टेकेर ५० मिटर हिँड्ने र १० मिटर हिँड्ने विधामा पनि कीर्तिमान कायम गरिसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?