+
+

कांग्रेस महामन्त्री शर्मा भन्छन् : प्रधानमन्त्रीले गलत बोल्नुभयो

अनलाइनखबर अनलाइनखबर
२०८० असार २० गते १९:१९

२० असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति गलत र आलोचनायोग्य रहेको बताएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले प्रधानमन्त्रीले संसदको सम्मान गर्नसक्नुपर्ने बताए ।

तीन पटक प्रधानमन्त्री भएका प्रचण्ड पहिलो र तेस्रो पटक एमालेको अग्रसरतामा प्रधानमन्त्री बनेको भन्दै उनले भने, ‘संसदको सम्मान र नेपालको राष्ट्रिय सम्मान अभिवृद्धि गर्ने काम प्रधानमन्त्रीले गर्नुपर्छ । प्रधानमन्त्रीले हिजो जे बोल्नुभयो, त्यो आलोचनाका लागि योग्य छ । उहाँले गलत बोल्नुभएको छ ।’

प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने एमालेको मागबारे सोधिएको प्रश्नमा उनले प्रमुख प्रतिपक्षले माग राख्न पाउने बताए ।

साथै उनले मिटरब्याजसम्बन्धी अध्यादेश पास हुने अवस्थाप्रति प्रमुख प्रतिपक्ष गम्भीर नभएको गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?