+
+

आईएमई लाइफको आईपीओमा खुल्यो आवेदन

अनलाइनखबर अनलाइनखबर
२०८० असार २१ गते १५:२५

२१ असार, काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलेको छ । कम्पनीले २१ असार बिहीबारदेखि आईपीओमा आवेदन खुला गरेको हो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिसेयर कुल २३६ रुपैयाँ ९१ पैसामा आईपीओ निष्कासन खुला गरेको हो । जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो ।

जसको १० प्रतिशतले हुने १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

यस्तै सार्वजनिक निष्कासनको लागि स्वीकृति पाएको सेयरको ५ प्रतिशतले हुने ६ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ५ प्रतिशतले नै हुने ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले २५ असारसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने म्याद ४ साउनसम्म लम्बिनेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले इन्स्योरेन्सलाई ‘केयर एनपी ट्रिपल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले इन्स्योरेन्सको जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्छ ।

कम्पनीको आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तयि संस्थाहरुका साथै सीडीएस एण्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो सेयर’ सफटवेयरबाट आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?