+

५ किलोमिटर शुभकामना दौडमा धर्म र कल्पना पहिलो

२०८० असार  २१ गते १६:३१ २०८० असार २१ गते १६:३१
५ किलोमिटर शुभकामना दौडमा धर्म र कल्पना पहिलो

२१ असार,  काठमाडौं । पूर्व धावक एवं गीतकार बुद्धवीर लामाको एकल सांगीतिक प्रस्तुतिको पूर्व सन्ध्यामा आयोजित भेट्रान ५ किलोमिटर शुभकामना दौडमा धर्म महर्जन र कल्पना महर्जन पहिलो भएका छन् ।

धर्म पुरुष तथा कल्पना महिलामा पहिलो भएका हुन् ।

अन्तर्राष्ट्रिय भेट्रान प्रतियोगिताका पदक विजेता एवं विश्वका प्रसिद्ध म्याराथन लन्डन, बोस्टन, बर्लिन, टोकियोलगायतका म्याराथन दौडिसकेका धर्मले निर्धारित दूरी १८ मिनेट ४८ सकेन्डमा पूरा गरे ।

भीमबहादुर गुरुङ दोश्रो तथा राजेश महर्जन तेश्रो भए ।

बैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्च नेपालद्वारा संयुक्त आयोजित दौडमा कल्पनाले दूरी २८ मिनेट ४० सेकेन्डमा तय गरिन् ।

याङदी लामा शेर्पा दोश्रो तथा सिता रिमाल तेश्रो स्थानमा रहे ।

बुद्धवीर लामाको एकल सांगीतिक प्रस्तुतीको पूर्व सन्ध्यामा प्रत्येक वर्ष आयोजना गरिने शुभकामना दौडमा ६७ प्रतिस्पर्धी सहभागी थिए ।

१२ औं संस्करणको सांगीतिक प्रस्तुती यो वर्षको अगष्टमा इङल्यान्डको लन्डनमा हुँदै छ । १० औं अमेरिकामा भएको थियो ।

‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ नारा दिइएको दौडमा बुद्धवीर लामा आफैं पनि दौडेका थिए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हाताबाट सुरु भएको दौड विभिन्न भागको परिक्रमा गरी राखेपमै आएर टुंगिएको थियो ।

विजेतालाई एथलेटिक्सका पूर्व प्रशिक्षक मधुशमशेर राणा, नेपाल भलिबल संघकी पूर्व सदस्य एवं समाजसेवी ज्योति केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

त्यअघि दौडको दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक बैकुण्ठ मानन्धरले उद्घाटन गरेका थिए ।

दौड प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय