
काठमाडौं । कवि सुशान्त थापाको चौथो कवितासंग्रह ‘लभ्स क्रेडल’ सार्वजनिक भएको छ । प्रकाशन गृह वर्ल्ड इन्कर्स प्रिन्टिङ एन्ड पब्लिसिङले अमेरिका र सेनेगलबाट उक्त कविता संग्रहलाई एकैसाथ प्रकाशन गरेको हो । पुस्तकमा थापाले पछिल्ला वर्षहरूमा लेखेका १११ वटा कविता समेटिएका छन् ।
मुख्यतः अंग्रेजी तथा त्यससँगै नेपाली भाषाका कवितामा कलम चलाउने थापाका यसअघि तीन संग्रह ‘द पोयटिक बर्डन, एब्स्ट्रयाक्टसन एन्ड अदर पोयम्स र मिनेट्स अफ मेरिट प्रकाशित भइसकेका छन् । प्रेम, वियोग र जीवनका अनेक आयाममाथि थापाले लेखेका छोटा कविताहरू स्पेनिस, उज्बेकलगायत भाषामा अनुवाद भइसकेका छन् ।
विराटनगर निवासी कवि थापा अध्यापन पेशामा संलग्न छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4