
२१ असार, काठमाडौं । अदालतभित्र भएको कुटपिटको घटनाका कारण आन्दोलित भएका कर्मचारी र कानुन व्यवसायीले सहमति गरेका छन् ।
उनीहरुले एक विज्ञप्ति जारी गरेर घटनाका कारण द्वेषभाव नराख्ने र आन्दोलनका कार्यक्रम फिर्ता लिने निर्णय गरेका हुन् ।
जिल्ला अदालत ललितपुरकी सानु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछानेले कर्मचारी र अरु कानुन व्यवसायीको रोहवरमा ७ बुँदे समझदारी गरेका हुन् । उनीहरुले अदालतमा बिग्रिएको सीसीटीभी मर्मत गर्न आग्रह गर्ने निर्णय गरेका छन् ।
समझदारी अनुसार नेपाल बार एसोसिएसन र कर्मचारी संघसंगठनले अघि सारेका आन्दोलनका कार्यक्रम फिर्ता लिनेछन् । उनीहरुले यो घटनालाई लिएर सामाजिक सञ्जालमा टिकाटिप्पणी नगरिदिन आग्रह गरेका छन् ।
गत १३ असारमा ललितपुर जिल्ला अदालतमा कानुन व्यवसायी अमिर लामिछानेको मुक्का प्रहारबाट नासु प्रेमिका तामाङको अनुहारमा चोट लागेको थियो । घटनापछि कर्मचारी संगठन र कानुन व्यवसायीहरुले एक अर्कामाथि आक्षेप लगाउदै आन्दोलनमा उत्रिएका थिए ।
प्रतिक्रिया 4