
२१ असार, काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरलाई टक्कर दिन भन्दै मेटाले थ्रेड्स एप ल्याएको छ ।
मेटाका प्रमुख मार्क जुकरबर्गले आफ्नो कम्पनीको यो नयाँ एपको लक्ष्य ट्वीटरलाई पछि पार्नु रहेको बताएका छन् ।
एलन मस्कले ट्वीटरको स्वामित्व किनेपछि गरेका परिवर्तनबाट ट्वीटर प्रयोगकर्ता सन्तुष्ट छैनन् । त्यसैले ती प्रयोगकर्ता आकर्षित गर्न मेटाले थ्रेड्स ल्याएको हो । यसका फिचर्स ट्वीटरसँग मिल्दा जुल्दा छन् र यसमा ५०० अक्षरसम्म लेख्न सकिन्छ ।
मस्कले भने पीडा भुलाउनका लागिइन्स्टाग्राममा झुटो खुसी देखाउनु भन्दा ट्वीटरमा अपरिचित व्यक्तिको आक्रमण सहनु राम्रो रहेको बताएका छन् ।
अर्को रुपम भन्दा थ्रेड्स इन्स्टाग्रामकै एक्स्टेन्सन हो । यसमा प्रयोगकर्ताले टेक्स्टका साथै, लिंक, तस्वीर तथा ५ मिनेटको भिडियो पनि शेयर गर्न सक्छन् ।
मेटाले थ्रेड्सलाई युरोपेली संघ बाहेकका देशमा लञ्च गरेको छ । लञ्चिङको ४ घन्टामा नै ५० लाख प्रयोगकर्ता थ्रेड्समा जोडिएको जुकरबर्गले बताएका छन् ।
प्रतिक्रिया 4