+
+

तिलगंगाले जयन्ती लम्साल फेलोसिप चलाउने

अनलाइनखबर अनलाइनखबर
२०८० असार २१ गते १९:२५

२१ असार, काठमाडौं । नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान र श्रीमती जयन्ती लम्सालबीच जयन्ती लम्साल फेलोसिप कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ ।

तिलगंगाका संस्थापक डा. सन्दुक रुइत र श्रीमती लम्सालले आज बिहीबार एक समारोहबीच सम्झौता पत्र आदान प्रदान गरे ।

फेलोसिप तालिम प्रदान गर्नको लागि आवश्यक कोषको व्यवस्था गर्न लम्सालबाट एकमुष्ठ रु ५१ लाख र फेलोसिप तालिमको शुल्क जयन्ती लम्साल अक्षय कोषको व्याज आम्दानी वाट अपुग भएमा बाँकी रकम नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानको आन्तरिक कोषबाट सोध भर्ना गर्न सकिने व्यवस्था मिलाइएको छ ।

नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानले अन्य कुनै विशेष व्यवस्था गरी हिसाब मिलान गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?