+
+

विपक्षीले माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : प्रवक्ता शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते १३:०८

२२ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएकी छन् । विपक्षीले माग्ने र प्रधानमन्त्रीले राजीनामा दिँदै हिँड्ने अभ्यास नभएको उनले बताइन् ।

प्रेस सेन्टर नेपालले शुक्रबार काठमाडौंको संवाद डबलीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले भनिन्, ‘विपक्षीले माग्ने र प्रधानमन्त्रीले राजीनामा दिँदै हिँड्ने सम्भवत कुनै पनि प्रजातान्त्रिक मुलुकमा छैन ।’ गठबन्धन दल र जनता सरकारको साथमा रहेको भन्दै उनले सरकार नढल्ने बताइन् ।

सरदार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक–पटक दिल्ली गएको भनेपछि उनको आलोचना भइरहेको छ । प्रचण्डको यही अभिव्यक्तिपछि संसदमा अवरोध गर्दै आएको एमालेले प्रधानमन्त्रीको स्पष्टीकरणले नपुग्ने र राजीनामा दिनुपर्ने बताएको छ ।

तर मन्त्री शर्माले प्रधानमन्त्रीले राजीनामा नदिने बरु संसदमा आफ्ना कुरा राख्ने जानकारी गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?