+
+

पहिचान पक्षधरसँग संवाद गर्छौं : मुख्यमन्त्री थापा

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते १४:०८

२३ असार, विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पहिचान पक्षधरसँग वार्ता र छलफल अघि बढाउने बताएका छन् ।

शुक्रबार पद तथा गोपनीयताको शपथग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री थापाले अघिल्लो सरकारले सुरु गरेको वार्तालाई निरन्तरता दिने बताए । उनले अघि भने, ‘पहिचानको आन्दोलनलाई नजरअन्दाज गर्नुहुँदैन । वार्ता कमिटी गठन गरेर पहिचानको मुद्दालाई सम्बोधन गर्न प्रयास गर्छाैं ।’

यद्यपि प्रदेशको नाम फेर्न भने सहज नभएको उनले बताए । राजनीतिक सहमति र संविधानको तहबाट सामधान खोज्ने भन्दै मुख्यमन्त्री थापाले भने ‘प्रदेशसभामा दुई तिहाइ पुग्यो भने नाम संशोधन हुनसक्छ ।’ १७ फागुन २०७९ मा प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर आन्दोलनमा छन् ।

मुख्यमन्त्री थापाले संविधानको व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिने समेत बताए । कांग्रेस संसदीय दलका नेता समेत रहेका थापा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपासँगै सभामुखको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ र सभामुखलाई नजोड्ने हो भने सत्ता पक्षसँग ४६ मत मात्र छ ।

मुख्यमन्त्री थापाले भने सरकारका लागि सहज बहुमत जुटाउन राप्रपासँग छलफल भइरहेको बताए । ‘३० दिनभित्र विश्वासको मत लिन्छौं, त्यसका आधारहरु बन्दैछ’ प्रदेशमा सर्वदलीय सरकार गठनका लागि समेत आफूहरु तयार रहेको भन्दै उनले भने, ‘सभामुखले राजीनामा दिनुपर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?