
२२ असार, काठमाडौं । भारतको त्रिपुरा विधानसभामा बजेट सत्रको पहिलो बैठकमा विपक्षी विधायले सदन सुरु हुना साथ बीजेपी विधायक जादबलाल नाथेल गत सत्रमा पोर्न भिडियो हेरेको विषयलाई उठाए ।
विपक्षी दलका नेता अनिमेषा देबबर्माले बीजेपी विधायक नाथलाई कारबाहीको माग गर्दै आफूले राखेको प्रस्तावको स्थितिबारे जानकारी मागे ।
उनले यही मुद्दालाई लिएर स्थगनको प्रस्ताव ल्याउन चाहेका थिए । तर विधानसभा अध्यक्ष विश्वबन्धु सेनले उनलाई प्रस्ताव ल्याउन समय दिएनन् ।
विधानसभा अध्यक्षले वित्त मन्त्री प्रणजीत सिंघा रोयलाई चालु वित्त वर्षका लागि राज्यको बजट पेश गर्न अनुमति दिए ।
त्यसपछि संसदमा हंगामा सुरु भयो । बीजेपी विधायक नाथमाथि कारबाहीको माग गर्दै विपक्षीले नाराबाजी गरे ।
त्यसपछि विधानसभा अध्यक्ष सेनले बजेटको कारबाही चलिरहेको बेला गडबडी गरेको आरोपमा ५ जना सांसदलाई दिनभरका लागि निलम्बन गरे । त्यसको विरोधमा विपक्षी पार्टीका सबै सांसदले बैठक बहिष्कार गरे ।
गत मार्चमा विधान सभामा बीजेपी सांसद नाथ आफ्नो मोबाइलमा पोर्न भिडियो हेरिरहेको अवस्थामा फेला परेका थिए । जसलाई लिएर विपक्षी सांसदलले दुराचार मुद्दामा छलफल गर्नु पर्ने माग राखेका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
सदन बहिष्कार गरेपछि विपक्षी दल टिपरा मोथाका विधायक देब बर्माले पत्रकारसँग भने, ‘पछिल्लो सत्रमा बीजेपी विधायक सदनको काम कारबाही चलिरहेको बेला मोबाइलमा अश्लिल भिडियो हेरिरहेका थिए, विधायकको काम त सदनमा जनताको समस्या उठाउनु हो नि ।’
उनले सदनमा शर्मनाक काम गरेका कारण उनीमाथि कारबाही हुनु पर्ने आफूहरुको माग रहेको बर्माले बताए ।
प्रतिक्रिया 4