+

बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा लागि नेपाली महिला फुटबल टोली घोषणा

२०८० असार  २२ गते २०:३१ २०८० असार २२ गते २०:३१
बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा लागि नेपाली महिला फुटबल टोली घोषणा

२२ असार, काठमाडौं । बंगलादेश विरुद्ध हुने दुई महिला मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली टोली घोषणा भएको छ ।

१९औं एसियन गेम्सको तयारीमा रहेको नेपाली महिला फुटबल टिमले यही जुलाई १३ र १६ बंगलादेशसँग ढाकामा दुई खेल खेल्दैछ ।

त्यसका लागिमुख्य प्रशिक्षक अनन्तराज थापाले एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

बुधबारदेखि शुक्रबारसम्म तीन दिनको प्रशिक्षणपछि प्रारम्भिक चरणमा बोलाइएका टोलीबाट उनले अन्तिम टोली चयन गरेका हुन् ।

टोलीमा डिफेण्डर गीता राना र मिडफिल्डर प्रिती राईले पुनरागमन गरेका छन् । दुवैले चोटका कारण चियतनाम विरुद्धको ओलम्पिक छनोट खेल गुमाएका थिए ।

यस्तै डिफेण्डर अञ्चली वाइबा पनि टिममा अटाएकी छन् ।

टोलीको व्यवस्थापकमा बिन्द्रा देवान छन् भने सहायक प्रशिक्षकमा पारस चौधरी तथा गोलकिपिङ प्रशिक्षकमा सुरजकुमार लामा छन् ।

नेपाली टोली

गोलकिपर : एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ

डिफेण्डर : अमृता जैसी, गीता राना, हीराकुमारी भुजेल, पुजा राना, विमला बिक, निशा थोकर, अञ्चली वाइबा, समिक्षा घिमिरे

मिडफिल्डर : रेनुका नगरकोटे, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही

फरवार्ड : सावित्रा भण्डारी, सबिता राना मगर, रश्मिकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल, अनिता केसी ।

नेपाल भर्सेस बंगलादेश महिला फुटबल टिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय