+
+

एकीकृत समाजवादी पाल्पाका अध्यक्ष पाण्डेयको निधन   

रासस रासस
२०८० असार २३ गते ८:००

२३ असार, रामपुर (पाल्पा) । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द पाण्डेय (कमल) को मृत्यु भएको छ ।

बगनासकाली गाउँपालिका–१ पिप्लेस्थित घरबाट उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

शुक्रबार साँझ ६ः१५ बजे हृदयघाट भई ५२ वर्षीय पाण्डेयको उपचारका लागि लुम्बिनी मेडिकल कलेज लगिएकोमा ६ः४५ बजे अस्पतालले मृत्यु घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ ।

मृतक पाण्डेयको दुई छोरा र श्रीमती छन् । पाण्डेयका २६ वर्षीय माहिलो छोराको पनि गत वर्ष हृदयघाटबाटै मृत्यु भएको थियो । पूर्वएमाले पाल्पाको उपसचिव रहेका मृतक पाण्डेय पाल्पामा सरल र स्वच्छ छवि बनाएका नेता हुन् ।

उनी गत वर्ष सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा बगनासकाली गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार बनेका थिए । आजै कालीगण्डकी नदीको राम्दीघाटमा पाण्डेयको अन्त्येष्टि गरिँदैछ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?