
काठमाडौं । मुकुन भुषालको शीर्ष भूमिका रहेका दुई फिल्मको प्रदर्शन एउटै मितिमा हुँदैछ । ‘ऐंचो पैंचो’ र ‘गणपति’ भदौ १४ गते प्रदर्शन हुँदैछन् । रोचक कुरा, निर्माताले फिल्मको प्रचार सामाग्री पनि शुक्रबार जुधाएरै सार्वजनिक गरे ।
यसो हुँदा फिल्मको प्रचारमा मात्र समस्या हुँदैन प्रदर्शनमा समेत निर्मातालाई आर्थिकरुपमा चुनौति हुन जान्छ । अभिनेता भुषाल पनि यही कठिनाइमा छन् । ‘गणपति’को गीत रिलिज कार्यक्रममा उनले आफूलाई दर्शकले माया गर्ने भन्दै स्वभाविक जवाफ दिए ।
उनले भने, ‘व्यवसायीक पाटो कलाकारलाई थाहा हुने कुरै भएन । तर, मलाई दर्शकले दुबै फिल्मलाई माया गर्नुहुन्छ जस्तो लाग्छ । किनकी, यी दुबै फिल्म मेरो लागि महत्वपूर्ण छन् ।’
उनले दुबै फिल्मको प्रवद्र्धनमा जुट्ने समेत बताए । ‘गणपति’मा मुकुन र मेनुका प्रधानको शीर्ष भूमिका छ । तर, गणपतिलाई प्रचारमा खट्नुपर्ने दवाव उनीसामु छ । तर, ऐंचो पैंचो स्वस्तिमा खड्का, वर्षा राउत, सुशिल सिटौला लगायतको मल्टिस्टारर फिल्म भएकाले त्यति दवाव हुनेछैन ।
‘बुलबुल’बाट अभिनय करिअर थालेका मुकुनले ‘ज्वाइँ साहेब’ फिल्म गर्ने तयारीमा छन् ।
दुबै फिल्मको प्रचार सामाग्रीलाई युट्युवमा न्यून भ्यूज
रिलिज भएको २४ घण्टासम्म पनि गणपति र ऐंचो पैंचोका प्रचार सामाग्रीले निकै न्यून भ्यूज पाएका छन् । शुक्रबार करिब दुई घण्टाको अन्तरमा रिलिज भएका दुई फिल्मको भिजुअल सामाग्रीले युट्युवमा दर्शक पाउन नसकेका हुन् ।
शनिबार चार बजेसम्म ‘गणपति’को गीत टुकी झ्यापलाई १६ हजार पटक हेरिएको छ । मुकुनसहित वर्षा सिवाकोटी फिचर्ड यो गीतको यो भ्युज निकै न्यून हो ।
स्वस्तिमा खड्का, वर्षा राउत, कोसिस क्षेत्री, मुकुन भुषालजस्ता चलेका कलाकार हुँदा समेत ऐंचो पैंचाको टिजरले शनिबार ४ बजेसम्म १ लाख २१ हजार मात्र भ्यूज पाएको छ ।
प्रतिक्रिया 4