
काठमाडौं । ‘कबड्डी’ निर्माता रामबाबु गुरुङको निर्माण र दीपक रौनियारको निर्देशनमा बन्न लागेको आगामी अन्तर्राष्ट्रिय फिल्म ‘राजागञ्ज : स्काइ इज माइन’को कार्यशाला जनकपुरमा चलिरहेको छ ।
पूर्वमिस नेपाल निकिता चाण्डक, अभिनेत्री आशा मगराती र अभिनेता विजय बरालले वर्कसप ज्वाइन गरेका छन् । दयाहाङ राई भने वर्कसप सकेर शनिबार काठमाडौं फर्किएका छन् । दयाहाङको अर्को फिल्म ‘हात्तीछाप’को सुटिङ आइतबार बिहानदेखि सुरु हुँदैछ ।
वर्कसपबाट सार्वजनिक भएको तस्वीरमा कलाकारलाई पात्र लुक्समा देख्न सकिन्छ । निकिता मधेशको आञ्चलिक लुक्समा देखिएकी छन् भने आशाले कपाललाई छोट्टाएकी छन् ।
निर्देशक रौनियारले कार्यशालामा फिल्म, चरित्र निर्माणबारे कलाकारलाई सिकाइरहेका छन् । ‘राजागञ्ज’ समयविरुद्धको कथा (रेस अगेन्स्ट टाइम) पुलिस थ्रिलर फिल्म हो । दुई महिला मुख्य पात्रलाई फिल्ममा चित्रण गरिंदैछ ।
साउन १२ गतेदेखि जनकपुरबाट फिल्म छायांकन सुरु हुँदैछ । रौनियारको आदि फिल्म्स र गुरुङको बाँसुरी फिल्म्सले संयुक्त रुपमा फिल्मलाई प्रस्तुत गर्नेछन् । फिल्ममा ऋचा शर्मा, पशुपति राई, गौमाया गुरुङ, घनश्याम मिश्र, आरती मण्डल र पुष्प यादवले पनि अभिनय गर्नेछन् ।
प्रतिक्रिया 4