
२३ असार, चितवन । सुख्खा पहिरो खसेर मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काली खाेला नजिकै शनिबार दिउँसो ४ बजे सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
सडक डिभिजन कार्यालय भरतपुरले पहिरो हटाउनका लागि एक्साभेटर पहिरोस्थलतर्फ पठाएको र पहिरो पन्छाएर सडक खुलाउन केही समय लाग्ने बताएको छ । सडक अवरुद्ध हुँदा मुग्लिनतर्फ जाने र नारायणगढतर्फ आउने सवारी साधन जाममा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4